भारतबाट खुसुक्क ल्याइएका कुखुरा कति स्वस्थ ?
सर्लाहीका विभिन्न नाकाबाट अवैध तरिकाले भारतीय कुखुरा नेपालमा भित्र्याएपछि सीमा सुरक्षाको निम्ति तैनाथ सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोष्ट (बीओपी) को गस्ती टोली सक्रिय भएको छ । यसक्रममा हिजो उसले झण्डै ४५ हजार रुपैयाँ बराबरको कुखुरा बरामद गरेको छ ।
भारतीय नम्बर प्लेट बीआर ३०–७०३० नम्बरको मोटरसाइकलमा झुण्डाएर ल्याइएका ती कुखुरा सीमाना नजिकै बेवारिसे अवस्थामा फेला परेको हो । बीओपी टोलीलाई देख्ने बित्तिक्कै ती कुखुरा र कुखुरा बोक्न प्रयोग गरिएको मोटरसाइकल छाडेर तस्करहरु फरार भएका हुन् ।
सशस्त्रले ती कुखुरा र मोटरसाइकल बरामद गरी आवश्यक प्रक्रियाको लागि नेपाल प्रहरीलाई बुझाएको बताइएको छ ।
टिप्पणीहरू