आज महन्थहरु बबरमहलमा बस्ने
अन्य पार्टीहरु स्थानीय तह निर्वाचनको तयारीमा होमिइसक्दा सुस्त देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बबरमहलस्थित पार्टी मुख्यालयमा दिउँसो एक बजे बैठक बस्ने भएको हो । उपेन्द्र यादवबाट छुट्टिएर लोसपा गठन भएपछिको पहिलो बैठकमा चुनाव केन्द्रित छलफल हुने बताइएको छ।
पार्टीको सांगठानिक गतिविधि, चुनावी गठबन्धन र समसामयिक राजनीतिका विषयमा पनि बैठकमा महत्वपूर्ण छलफल हुने लोसपाका एक नेताले बताए ।
टिप्पणीहरू