बाच्छीको घाँटी निमोठेको भोलिपल्टै ढाडमा पुलिसको धोवी धुलाइ
सामाजिक सञ्जालमा यतिखेर एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा एकातिर ती युवकले गाईको बाच्छीको घाँटी निमोठेको देखाइएको छ भने अर्कोतर्फ उनै लाई दुई जना प्रहरी अफिसरले लाठीले भकुरेको देखिन्छ ।
उक्त घटना भारतको उत्तर प्रदेश राज्यमा भएको हो । प्रहरीले चुटेका ती युवकले आठ दिन पहिले आफूले बाच्छीको घाँटी निमोठेर मारेको भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।
जसमा उनले बाच्छीको घाँटी निमोठेर छट्पटाउन नपाउँदै घाँटी र पुच्छर दुई हातले समातेर थिचेका थिए । सो भिडियोमा अन्य दुई गोरु पनि नजिकै देखिन्छ ।
अर्कोतर्फ उनले कुटाई खाएको भिडियोमा दुई जना प्रहरीले उनको हातखुट्टा समातेर भक्कुमार पिटेका छन् । पिटाइका कारण उनी पीडाले चर्को आवाजमा कराएको सुन्न सकिन्छ ।
टिप्पणीहरू