भारत जाँदा तामझाम,बेलायत जाँदा गुमनाम
प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो तीन दिने भारत भ्रमणको लागि नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारत जानुअघि उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । उहाँको पत्रकार सम्मेलन पौने १ बजे हुने बताइएको छ ।
गत असारको अन्तिम साता पाँचौ पटक प्रधानमन्त्री बनेपछि देउवाको यो दोस्रो विदेश भ्रमण हो । यसअघि उहाँ गत असोजमा आयरल्याण्डको ग्लास्गोमा आयोजित विश्व वातावरणसम्बन्धी भेला कोप २६ मा सहभागी हुन जानुभएको थियो ।
बेलायत जाँदा प्रधानमन्त्रीले यसअघिका सबै प्रधानमन्त्रीले अपनाएको औपचारिक पोशाक, बिदाई र सम्मान गारत लिने कुरालाई ‘पर्दैन’ भन्नुभएको थियो । त्यसबेला नेपाली सेनाले विमानस्थलमा बिदाईको सबै तयारी गरेपछि अघिल्लो दिन राति प्रधानमन्त्रीले औपचारिकता अस्वीकार गर्नुभएको खबर बालुवाटारले जंगी अड्डालाई गराएको हो । भोलिपल्ट उहाँ सामान्य ढंगले विदेश जानुभयो ।
यो तस्बिर उहाँ बेलायत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको हो ।
टिप्पणीहरू