प्रधानमन्त्री देउवा ५० जना लिएर आजै भाजपा कार्यालय छिर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको शुरुआत भारतीय जनता पार्टीको मुख्यालयमा छिरेर थाल्ने हुनुभएको छ । बीजेपीका विदेश मामिला प्रमुख विजय चौथाईवालाका अनुसार पार्टी प्रमुख जेपी नड्डालगायतका नेतासँग त्यहिँ भेटघाट हुनेछ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार ५० जनाको प्रतिनिधिमण्डल लिएर दिल्ली जाने प्रधानमन्त्रीले काङ्ग्रेसका केही नेतासहित भएर बीजेपीको मुख्यालयमा उसका नेताहरुसङ्ग बातचित गर्नुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारलाई उद्धृत गर्दै पीटीआइले लेखेको छ, ‘प्रतिनिधिमण्डलमा श्रीमती आरजू देउवा,चार जना मन्त्री,सचिवहरु,सरकारी अधिकारीहरु,व्यापारिक प्रतिनिधिमण्डल,सञ्चारकर्मी गरेर ५० जना हुनेछन् ।’
चौथाईवाला उनै हुन् जसलाई गत भदौमा प्रधानमन्त्री पत्नीले बालुवाटारमा निम्तो गरेर राखी बाँधिदिएकी थिइन् । यसबीच आरजुले गरेको पटक पटकको नयाँ दिल्ली भ्रमणपछि प्रधानमन्त्रीको अहिलेको भ्रमण सम्भव भएको नेपाली काँग्रेसका नेताहरु नै बताउँछन् ।
टिप्पणीहरू