फोहोर बाटैबाट फेरि काठमाण्डौ फर्काइए

फोहोर बाटैबाट फेरि काठमाण्डौ फर्काइए

उपत्यकाको फोहोर फाल्न नुवाकोटको ओखरपौवास्थित सिसडोलतर्फ गएका टिपर बीचैबाट काठमाडौँ फर्किएका छन् ।

मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै त्यहाँका स्थानीयले तीनपिप्लेमा सडक अवरुद्ध गरेपछि फोहोर बोकेर गएका टिपर फर्किएका हुन् ।

स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीयको अवरोधका कारण लामो समयदेखि सिसडोल ल्याण्डफिल्डमा फोहोर फाल्न कठिनाई भैरहेको छ ।

टिप्पणीहरू