राप्रपाले एक्लै चुनाव लड्ने ?
कमल थापा एमालेसङ्ग तालमेलमा जाने तयारीमा रहँदा आउँदो स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ । सो पार्टीले देशैभरका ८४४ वटै स्थानीय तहमा उम्मेद्ववार उठाउने तयारी गरिरहेको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले एक पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । अघिल्लो स्थानीय तह निर्वाचनमा करिब ४० प्रतिशत मात्रै उम्मेदवार उठाउन सकेको सो पार्टीले झापा र मकवानपुरलगायतका केही जिल्लाका स्थानीय तहका केही गाउँपालिकाहरुमा मात्रै सफलता पाएको थियो । तर आउँदो जेठ ३० गते हुने निर्वाचनमा भने सबै गाउँ तथा नगपालिकालगायतका क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको हो ।
सो सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताउनु भयो । उहाँले त्यसपछि हुने प्रदेश र संघीय चुनावमा अन्य दलहरुसँग तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निक्र्यौल गरिने बताउनु भयो । अध्यक्ष लिङ्देनले सो पार्टीले आयोजना गरेको सभालाई गाईघाटमा आज दिउँसो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँसँगै पूर्वमन्त्री हरिबहादुर बस्नेत र प्रवक्ता तोकिएका ज्ञानेन्द्र शाही जस्ता नेताहरुले सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू