प्रधानमन्त्री नयाँ दिल्ली पुग्नै लाग्नुभयो

प्रधानमन्त्री नयाँ दिल्ली पुग्नै लाग्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ र भ्रमण दलका सदस्य चढेको नेपाल वायुसेवा निगमको नियमित उडानको जहाज १ बजेर २५ मीनेटमा काठमाडौं विमानस्थलबाट उडेको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी आरजु राणासहित चार जना मन्त्री,सचिवहरु,सरकारी उच्च अधिकारी,उद्योगी व्यवसायी,सञ्चारकर्मी गरेर ५० जना छन् ।

“सामान्यतयाः सँसारका कुनै पनि राष्ट्रप्रमुख वा सरकार प्रमुखले अन्य देशको भ्रमण गर्दा राजनीतिक दलको कार्यालयमा भेटघाट गर्ने परम्परा छैन ।”

प्रधानमन्त्री देउवा नयाँ दिल्ली पुगेपछि आजै अपरान्ह भारतीय सत्तारुढ दल बीजेपीको मुख्यालयमा जाने कार्यक्रम छ । उहाँले त्यहाँ बीजेपीका नेताहरुलाई भेटेपछि भारत भ्रमणको औपचारिक शुरुआत हुने छ ।

सामान्यतयाः कुनै पनि विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखले अन्य देशको भ्रमण गर्दा राजनीतिक दलको कार्यालयमा भेटघाट गर्ने कुनै परम्परा नरहेको पुराना र अनुभवी कूटनीतिज्ञहरुले बताएका छन् । उनीहरुले भने, ‘यो आफ्नो कूटनीतिक र राजनीतिक मूल्य मान्यताको सरासर अवमूल्यन हो ।’

टिप्पणीहरू