बजारमा ग्यास लुकाइयो,पेट्रोल अभावको डरले पम्पहरुमा भीड
पेट्रोलियम पदार्थ अभावको हल्ला भएपछि राजधानीका सबै पेट्रोल पम्पमा हिजोदेखि थामिनसक्नु भीड देखिएको छ । पेट्रोलियम पदार्थ ओसार्ने र बिक्री वितरण गर्ने एजेण्टहरुले मूल्यबृध्दिको माग राख्दै बिक्री नगर्ने चेतावनी दिएपछि पम्पहरुमा सवारी साधनको भीड लागेको हो ।
यता,नेपाल आयल निगमले भारतबाट हिजो प्राप्त नयाँ मूल्यसूची अनुसार ग्यासमा प्रतिसिलिण्डर दुई सय रुपैयाँभन्दा बढी मूल्य बढ्ने सूचना दिएपछि बजारमा एकाएक ग्यास लुकाइएको छ । हिजोदेखि अधिकांश ग्यास बिक्रेताले ‘ग्यास छैन’ भन्न थालेका छन् ।
पेट्रोलियम पदार्थ र ग्यास बिक्रेताले भाउ बढेको आधारमा कमिशन बढाउनुपर्ने माग अघि सार्दै आएका छन् । नियमनकारी निकायले पेट्रोल पम्प र ग्यास बिक्रेताको कारोबारलाई नियमन गर्न नसक्दा सँधै सर्वसाधारणले दुःख पाएको उपभोक्ता अधिकारवादीहरुले जनाए ।
टिप्पणीहरू