जब कुकुरले अस्पताल हाताभित्रै मान्छेको बच्चा च्यापेर कुद्यो
कुकुरले मुखमा मृत नवजात शिशु च्यापेर हिँडेको देखियो भने तपाईंंको मन कस्तो होला ? यस्तो दृश्य आज बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँ,सुर्खेतमा देखिएको छ ।
अस्पतालको हाताभित्र आज बिहान ७ बजेको समयमा कुकुरले मृत्यु शिशुलाई मुखमा च्यापेर घुमिरहेको थियो । उक्त शिशु कसको हो ? कुकुरले कहाँबाट ल्याएको हो ? कसरी यस्तो घटना भयो ? भन्नेबारे अस्पताल र प्रहरी प्रशासन मौन देखिएको छ ।
मृत शिशुको टाउको देखिँदैन । हातखुट्टा सग्लो छ । तर पूरै शरीर ढाडिएर फुलेको छ । शिशु कसको हो र यस्तो लापरवाही कहाँबाट भयो होला ? जवाफ दिने कसले ?
टिप्पणीहरू