गर्मी छल्न मिस नेपालले डोल्पाको कुलो रोजिन्
पूर्वमिस नेपाल मलिना जोशीले डोल्पाको एउटा कुलोमा नुहाएकी छन् । उनले डोल्पा जानुको कारण नखोले पनि त्यहाँको कञ्चन र निर्मल पानीमा कालो पहिरन र कालो चश्मा लगाएर आधा शरीर डुबाएकी हुन् ।
पानी र कुलो वरिपरी खिचिएको फोटोलाई हेर्दा उनी फोटो सुटको निम्ति त्यहाँ पुगेको अनुमान लगाउन सकिन्छ । तर,गर्मीकै कारण डोल्पाको चिसो पानीमा हाम्फाल्ने बेला चाहिँ नभएको स्थानीय बताउँछन् ।
उनी सन् २०११ की मिस नेपाल हुन् । उनले केही ऋतु,झुम्कीलगायतका सिनेमामा समेत नायिकाको भूमिका निभाएकी छन् । उनी ३३ वर्षअघि धरानमा जन्मिएकी हुन् ।
फोटो स्रोत : मलिना जोशी, फेसबुक
टिप्पणीहरू