सर्वोच्चको गेटभरि कागजको भारि

सर्वोच्चको गेटभरि कागजको भारि

सर्वोच्च अदालतको मूल गेट वरिपरि कागजको डंगुर थुुप्रिएको छ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनक्रममा छापिएका पर्चा र पम्प्लेटले अदालत बाहिर डम्पिङ साइटझैँ कागजको फोहोर थुप्रिएको हो ।

आज मुलुकभरका वकिलहरुले बारको नेतृत्व छान्दै छन् । विभिन्न उच्च अदालत र जिल्ला अदालतमा झैं सर्वोच्च अदालतमा पनि मतदान केन्द्र बनाइएको छ ।

मतदान गर्न पुगेका कानुन व्यवसायीहरुलाई उम्मेदवारले बाँडेका नमूना मतपत्र,पर्चा र अनुरोध गरिएका कागजात असरल्ल हुँदा त्यहाँको वातावरण नै फोहोर देखिएको हो ।

टिप्पणीहरू