नुवाकोटमा पनि गठबन्धनको तालमेल
आगामी निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहमा तालमेल गरेर उम्मेदवार उठाउने विषयमा सत्ता गठबन्धनका प्रमुख दलहरुबीच वार्ता र छलफल शुरु भएको छ । हिजो सदरमुकाम विदुरमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिहरुले आगामी चुनावमा गरिने तालमेलबारे प्रारम्भिक छलफल थालेका हुन् ।
काँग्रेसका जिल्ला सभापति रमेशकुमार महत,माओवादी जिल्ला संयोजक पुष्प लामिछाने र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपालीले गरेको छलफलमा केन्द्रीय संयन्त्रको निर्णय तथा सम्बन्धित पार्टीको केन्द्रीय समितिको परिपत्रअनुसार बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलबारे प्रारम्भिक कुराकानी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू