श्रीमानहरुमा फेरि मिचियो मापदण्ड

श्रीमानहरुमा फेरि मिचियो मापदण्ड

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको कार्यदलद्वारा प्रस्तुत रिपोर्टमा न्यायालय सुधारको निम्ति धेरै वटा सिफारिस गरिएको छ । त्यसमध्ये जिल्ला,उच्च र विशेष अदालतका न्यायाधीशको सरुवामा पनि निश्चित मापदण्ड बनाउन केही आधार तोकिएको छ । तीमध्ये राजधानीका तीन वटा जिल्लामा झुम्मिने प्रवृतिलाई निरुत्साहित बनाउन एक पटकभन्दा बढी काठमाडौैं उपत्यकामा बस्न नपाइने भनिएको हो ।

काठमाडौं उपत्यकामा रहिसकेका कसैलाई पनि दोहोरिन नदिने भनेर बकाइदा प्रतिवेदनमा लेखिएको विषयलाई अहिले उल्लंघन गरिएको बताइन्छ । हालै सरुवा भएका उच्च अदालतका न्यायाधीशमध्ये रवि शर्मा अर्याल तेस्रो पटक काठमाडौं तानिएका छन् । उनी पहिले पाटन उच्च अदालत र विशेष अदालतमा थिए । सात महिनाअघि राजविराज पठाइएका उनलाई अहिले फेरि काठमाडौंमै बस्न मिल्ने बनाइएको हो ।

त्यसैगरी ठाकुर शर्मा काठमाडौं बाहिर गएको एक वर्ष नपुग्दै फेरि यतै तानिएका छन् । न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत दिपायलमा दरबन्दी राखेर राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा तानिएको छ । साधुरामलाई जुम्लाको दरबन्दीमा टेकाएर विशेष अदालतको सदस्यमा ल्याइएको छ ।

टिप्पणीहरू