चुनावमा तालमेल गर्दा काँग्रेसले हेप्ने माओवादी नेताको दुःखेसो
नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगास्थित हाम्रो जनथैली सहकारी संस्था भवनमा नेकपा (माओवादी केन्द्र) को ८ नम्बर वडामा पार्टी भवन उद्घाटन गरिएको छ ।
सो अवसरमा बोल्दै पार्टीको वडा कमिटी अध्यक्ष इन्द्रनारायण महर्जनले नगर र वडामा कमिटी सक्रिय नहुँदा पार्टी कमजोर बनेको भन्दै हरेक टोलमा एउटा आर्क बनाएर सकेसम्म सबैलाई सहभागी गराई कमिटी बनाउन सल्लाह दिए ।
उनले त्यसरी सम्भव नभए आफ्नै घरपरिवारका सदस्य राखेर भए पनि सक्रिय हुनुपर्ने उपाय अपनाएका छन् । महर्जनले गठबन्धनमा जाँदा नेपाली काँग्रेसको हेपाहा प्रवृत्ति सहन गाह्रो पर्ने हुनाले आगामी संघको निर्वाचनलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएका हुन् ।
आजै नेकपा (एमाले) नागार्जुन वडा नम्बर ८ पार्टी कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम गरिएको छ । आज बिहान दुई घण्टा भएको उक्त कार्यक्रम पूर्वमन्त्री रेशम लामाको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा बोल्दै लामाले एमालेले जिल्ला,नगर तथा वडा तहमा थोरै मात्र होमवर्क गरे नागार्जुन नगरपालिकाको सबै वडामा जीत सुनिश्चित रहेको बताए । उनले टोल र गल्लीमा विकासको लहर फैलाउन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य तथा प्रदेश सदस्य केशवप्रसाद पोखरेल,नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष बाग्मती प्रमुख सचेतक दिपक निरौला,नागार्जुन नगर कमिटी इञ्चार्ज सपना अर्याल,प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद खनाल, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी,प्रदेश कमिटी सदस्य उज्वल तामाङ,सपना बानियाँ,नागार्जुन नगर कमिटी अध्यक्ष नन्दनहरि गौतम,उपाध्यक्ष श्यामराज गिरीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू