प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशवासीलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न अपिलसमेत गरेका छन् ।
यासअघि आजै खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको थियो । संविधानको धारा ५ विपरित भएको भन्दै तल्लो सदन नेशनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले अविश्वास प्रस्ताव खारेज गरेका हुन् ।
एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए । प्रस्तावबारे आज मतदान हुने कार्यतालिका थियो ।
टिप्पणीहरू