तीन महिनामै बुस्टर डोज दिने सरकारको निर्णय

तीन महिनामै बुस्टर डोज दिने सरकारको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ रोगविरुद्ध खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । पहिलो खोप लिएको छ महिनापछि मात्र बुस्टर डोज दिने यसअघिको निर्णयलाई घटाएर मन्त्रालयले तीन महिनामा झारेको हो ।

मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।‘राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गतेको सिफारिसको आधारमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि एक मात्रा बुस्टर खोप दिने व्यवस्था गर्न गराउनुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ । साथै, महाशाखाले छुट खोप तोकिएको केन्द्रमा गएर लगाउन सकिने जानकारी पनि दिएको हो ।

टिप्पणीहरू