बुध्दिजीवीलाई छेउमा राखेर ओलीको शाव्दिक आक्रमण

बुध्दिजीवीलाई छेउमा राखेर ओलीको शाव्दिक आक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक सार्वजनिक मन्चहरुमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गर्नुहुन्छ । कुनै बेला सहयात्रीसमेत रहेका नेपाल र नेकपा हुँदा समान हैसियतका प्रचण्डमाथि ओलीले गालीगलौज गर्न छुटाएको सायदै कुनै सार्वजनिक भाषण होला ।

प्रचण्ड-माधवमाथि ओलीको हमला आज पनि जारी रह्यो,त्यो पनि बुध्दिजीवीको कार्यक्रममा । एमाले निकट बुध्दिजीवी परिषद्को १०औँ अधिवेशनलाई सम्बोधन गर्न पुग्नुभएका ओली सदाबहार रुपमा गालीगलौज,कटाक्ष र आक्रमणमा उत्रनुभयो ।

उक्त कार्यक्रममा ओलीले धेरथोर बौध्दिक र बैचारिक कुरा गर्ने अनुमान सहभागीहरुको थियो । तर, बैचारिक-राजनीतिमा भन्दा उखान टुक्का मिसाएर विरोधी दल र नेताको तेजोवध गर्न माहिर ओली आज पनि त्यहि शैलीमा प्रस्तुत हुनुभयो ।

माधव नेपालमाथि त गालीको वर्षा नै थियो । ओलीले निकै तल झरेर नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई ‘माकुने गुट’को संज्ञा दिनुभयो । अध्यक्ष नेपाललाई अपराधी,गतिछाडा, बेशरम,झूठा,बेइमान जस्ता सुन्नै नसकिने शव्द प्रयोग गरेर ओलीले आफ्नो सम्बोधनको अधिकांश समय खर्चिनुभयो ।

सो क्रममा उहाँले आफू नेतृत्वको कम्युनिष्ट सरकार ढालेर नेपालले दक्षिणपन्थी कांग्रेसलाई सत्ता सुम्पिएको आरोप लगाउँदै त्यसलाई अपराध कर्मको संज्ञा दिनुभयो । प्रचण्ड र नेपालले कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन मरिहत्ते गरेर लागेको र अहिले कांग्रेसका पछाडि दुना थाप्दै दौडिएको जस्तो अराजनीतिक टिप्पणी पनि गर्नुभयो ।

ओलीले आफू सरकारमा हुँदा प्रचण्ड-नेपालले षड्यन्त्रै षड्यन्त्र गरेर टिकिखान नदिएको पनि भन्नुभयो । प्रचण्ड र माधवमात्र होइन,प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि ओलीको गालीको निशानामा पर्नुभयो । चुच्चे नक्साको प्रसंग निकालेर ओलीले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवामाथि कटाक्ष गर्नुभयो ।

हिजो दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उहाँले ‘चुचे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै’ भनेर कटाक्षपूर्ण प्रश्न गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा ओलीले केही समय दर्शनशास्त्र र साहित्यका बारेमा पनि बोल्नुभएको थियो ।

टिप्पणीहरू