भ्रमण प्रधानमन्त्रीको,प्रतिक्रिया पत्नीको
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज साँझ स्वदेश फर्किंदै हुनुहुन्छ । उहाँले नेपाल फर्कनुअघि उत्तर प्रदेशमा रहेको काशीको भ्रमण गर्नुभएको छ ।
उहाँसँगै जानुभएकी धर्मपत्नी डा.आरजु राणाले काशीमा भारतीय सञ्चारकर्मीहरुसँग बोल्दै भारत भ्रमण सफल भएको बताउनु भएको छ । डा. राणाले नेपाली प्रतिनिधि मण्डलको भारतमा भव्य स्वागत भएकाले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
राणाले भन्नुभयो, ‘दुई देशबीच नजिकको सम्बन्ध छ । विगतदेखिको यो सम्बन्ध सँधै चलिरहनेछ र चल्नुपर्छ । दुई देशबीच यति प्रगाढ सम्बन्ध नेपाल र भारतवीच मात्रै छ ।’
टिप्पणीहरू