पशुपतिनाथको धर्मशालामा खोलिएको ‘लक्जरी होटल’ बन्द
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालन गरिएको होटल आनन्दसँग गरिएको करार सम्झौता रद्द गरेको छ ।
कोष र होटल आनन्दबीच धर्मशालामा होटल सञ्चालनबारे यसअघि भएका सम्झौताअनुसारका शर्त होटलले उल्लंघन गरेकाले सम्झौता रद्द गरिएको हो । कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेपछि प्रकाशित सूचनामा उक्त कुरा उल्लेख छ ।
सम्झौता रद्द भएको पत्र बतास समूहले बुझ्न नमानेको बताइएको छ । समूहले सम्झौता रद्दको पत्र बुझन नमाने पनि कोषले इमेलमा उक्त पत्र पठाएको छ ।
टिप्पणीहरू