प्रधानमन्त्री स्वदेश फर्कनुभयो

प्रधानमन्त्री स्वदेश फर्कनुभयो

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर केही बेरअघि स्वदेश फर्कनुभएको छ । उहाँले भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीलगायत सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको छ ।

हिजो प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा जयनगर–कुर्था रेलेसेवाको नयाँ दिल्लीबाटै उद्घाटन गर्नुभएको छ ।

आज उहाँ स्वदेश फर्कनुअघि उत्तर प्रदेशमा रहेको काशी पुग्नुभएको थियो । प्रधानमन्त्री ५५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा जानुभएको हो ।

टिप्पणीहरू