श्रीलंकामा सबै मन्त्रीले सत्ता छाडे
मुलुकमा उत्पन्न हालसम्मकै खराब आर्थिक संकट र त्यसबाट उत्पन्न जनआक्रोशलाई ध्यानमा राख्दै श्रीलंकामा मन्त्रिपरिषद्का २६ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमध्ये प्रधानमन्त्रीका आफ्नै छोरा पनि रहेको बताइएको छ ।
त्यहाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेका आफ्नै भाइ गोटावाया राजापाक्ष राष्ट्रपति छन् । मन्त्रिमण्डलमा भाइ र भतिजाहरुसमेत छन् । कोरोना महामारीपछि मुलुकमा चरम आर्थिक संकट देखिएको छ । यसबीच ऊर्जा संकट थपिएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको छ ।
जनअसन्तोष बढेर गत बिहीबारदेखि हिंसात्मक प्रदर्शन हुन थालेपछि श्रीलंकामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । यसअघि राष्ट्रपतिले ३६ घण्टे कर्फ्यु आदेश जारी गरेका थिए । तर सर्वसाधारणले कर्फ्युको उल्लंघन गरेपछि संकटकाल घोषणा गरिएको हो ।
टिप्पणीहरू