प्रचण्ड हिजो जानुभयो,आज फर्कनुभयो

प्रचण्ड हिजो जानुभयो,आज फर्कनुभयो

हिजो मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन जानुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज राजधानी फर्कनुभएको छ । उहाँ आज बिहान जनकपुरबाट काठमाडौं फर्कनुभएको हो ।

बुध्द एअरको बिहानको उडानबाट उहाँ सवा ९ बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुभएको हो । अध्यक्ष प्रचण्डको साथमा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव र माओवादी नेता मातृकाप्रसाद यादव पनि हुनुहुन्थ्यो ।

टिप्पणीहरू