ओलीद्वारा १५ मीनेट अलमल
एक ठाउँमा बस्ने, अर्को ठाउँमा भेट्ने ! भेट्न आउनेलाई एकतिर राख्ने, लगत्तै भेट्नुपर्नेलाई अर्कोतिरबाट निकाल्ने !
चिनियाँ विदेशमन्त्री वाङ यीको काठमाडौं भ्रमणका क्रममा यसखाले भेटघाटको व्यवस्थापन देख्दा कम्युनिष्ट नेताहरु छक्क परेका छन् । वाङको बसाइ बत्तीसपुतलीस्थित होटल द्वारिकाज्मा थियो, दुई पूर्वप्रधानमन्त्रीसँगको भेटघाटचाहिँ नागपोखरीस्थित होटल मेरियटमा भयो । भेट्न जानेहरुलाई शुरुमा होल्डिङ रुममा राखिएको थियो । तर, पहिलो लटमा भेट गरेका एमाले नेताहरु निस्किएर नजाँदासम्म पर्खी बसेका माओवादी नेतालाई छुट्टै कोठामा कुराइयो ।
नेपाली न हुन्, कोही–कोही नेताले ‘पारा’ देखाउँदा चिनियाँहरु छक्क परे । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित समयभन्दा १५ मीनेट बढी खाइदिँदा माओवादी नेताहरु घडी हेर्न थाले । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा वाङले धेरै कुरा भन्नुभएन, बरु यताका कुरा धेरै सुन्नुभयो ।
प्रचण्डले ‘नेपाल–चीन सम्बन्ध एकदमै राम्रो । अझै सुदृढ बनाउनुपर्छ । अहिलेसम्म चीनले गरेको सहयोगप्रति आभारी छौँ’ भन्दै कोभिड भ्याक्सिनसहितको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले ‘नेपालली भूमि चीनका विरुद्ध प्रयोग हुन दिने कुरामा प्रतिबद्ध छौँ’ भन्दै आगामी दिनमा चीन, त्यहाँका कम्युनिष्ट र नेपाली कम्युनिष्टबीच अझ सुमधुर सम्बन्ध बनाउने कुरामा आफूहरु दृढ रहेको बताउनुभयो ।
वाङले ‘नेपाली कांग्रेससहित तपाईंहरुसँग हाम्रो सम्बन्ध राम्रो छ’ भन्दै एक चीन नीतिप्रति आभार प्रकट गर्नुभयो । तर, यसचोटिको भेटमा बिआरआई, एमसिसी र कम्युनिष्ट एकताका कुरा एक शब्द पनि उठेनन् ।
टिप्पणीहरू