त्यताका गभर्नरले हात उठाए
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि राजीनामा दिएका छन् । मुलुकमा उत्पन्न चरम आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गभर्नर अजित निरभल काब्रालले आज राजीनामा दिएका हुन् ।
यसअघि आजै श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । दक्षिण एसियाली मुलुक श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न,औषधि, पेट्रोलियम पदार्थ,बिजुलीजस्ता अत्यावश्यक वस्तु र सेवाकोसमेत चरम अभाव हुन थालेको छ ।
देशमा दैनिक १३ घन्टासम्म लोडसेडिङ छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण हिंसात्मक रुपले सडकमा उत्रिएपछि देशभर संकटकालको घोषणा गरिएको छ । यसअघि लगाइएको कर्फ्युमा सर्वसाधारण सडकमा बेपर्वाह उत्रेका थिए ।
टिप्पणीहरू