एनएसीका सञ्चालकलाई निलम्बन गरिँदै,डिमप्रसादलाई स्पष्टिकरण

एनएसीका सञ्चालकलाई निलम्बन गरिँदै,डिमप्रसादलाई स्पष्टिकरण

नेपाल वायुसेवा निगमका दुई जना सञ्चालकलाई आज निलम्बनको प्रक्रिया शुरु गरिएको छ । निगमको हित विपरित काम गरेको अभियोग लागेका उनीहरुलाई हटाउने तयारी अन्तिम चरणमा पुगेको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालकद्वय फुरगेल्जे शेर्पा र इश्वरी पाैडेललाई निलम्बन गर्न लागेको हो । निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई स्पष्टिकरण सोध्ने तयारी छ । पौडेललाई स्पष्टिकरण सोध्न क्याबिनेट बैठकले मन्त्रालयलाई यसअघि नै अख्तियारी दिएको छ ।

उता पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई पनि हटाउने कार्य अन्तिम चरणमा पुगेको बताइन्छ । मन्त्रालयका सचिव महेश्वर न्यौपाने अमेरिका गएकाले उनी फर्केपछि उक्त कार्यले मूर्तरुप लिने स्रोतको दाबी छ ।

रेग्मीले एउटा व्यापारिक घराना (टोयोटा कम्पनी) सँग जोडिएर दोहोरो फाइदा लिएकाले उनी विरुध्द मुद्दा दर्ता गर्ने तयारी पनि छ । मन्त्रालयले विवादास्पद बतास समूहसँग कानुनी लडाईंको निम्ति वरिष्ठ अधिवक्ता शम्भु थापालाई पनि कानुनी सहयोगीको रुपमा राखेको छ ।

टिप्पणीहरू