कालाकोटको भोट गणना शुरु
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । काठमाडौंसहित देशैभरिका ३४ मतदान केन्द्रबाट मतपेटिका राजधानी आएलगत्तै आज बिहान ९ बजेबाट मतगणना थालिएको हो ।
बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ वकिल मतदान प्रक्रियामा सहभागी भएका थिए ।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।
टिप्पणीहरू