श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा

श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा

श्रीलंकामा आजदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक बैठकले यो निर्णय गरेको हो ।

यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । विरामीको जीवनरक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताएका छन् ।

सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

टिप्पणीहरू