डिमप्रसादले पर्यटनमन्त्री प्रेम आलेविरुद्ध हालेको रिट चुडालको इजलासमा

डिमप्रसादले पर्यटनमन्त्री प्रेम आलेविरुद्ध हालेको रिट चुडालको इजलासमा

पर्यटनमन्त्री प्रेम आले आफूलाई अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिटउपर आज सुनुवाइ हुँदै छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री आलेलाई विपक्षी बनाएका छन् । रिटमा अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरिएको छ ।

मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगएको, आर्थिक पारदर्शिता नदेखाएको सरकारलाई असहयोग गरेकोलगायत विषयमा पौडेलसँग स्पष्टीकरण सोधेका थिए ।

हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् ।

टिप्पणीहरू