अमेरिकी ग्रिनकार्डमा नेपालको नेतृ बन्ने रहर
गत माघमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा विदेशी नागरिकता लिएका नेपालीले समेत प्रतिनिधिको भूमिका निभाएको पाइएको छ । त्यताको विदेशी नागरिकता लिएकाले नेपाली राजनीतिक दलको महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा मतदान गरेपछि उक्त रहस्य बाहिरिएको हो । उक्त हर्कत कांग्रेसका सामान्य समर्थकबाट भएको होइन । यो काम कांग्रेसको अध्यक्षमा उम्मेदवारी दिएर हारेका कल्याणकुमार गुरुङकी श्रीमतीले गरेकी हुन् ।
गुरुङकी श्रीमती टीका चौधरी हाल अमेरिका बस्छिन् । उनले देउवा निकट हुँदाहुँदै सभापतिमा उठी २० भोट ल्याएर अन्तिममा केन्द्रीय सदस्य मनोनित उतैका नागरिकता लिएको आठ वर्ष भएको छ । कैलालीमा जन्मेकी उनले निकटस्थहरूसँग आफूले ग्रिन कार्ड लिएको तर नागरिकता नत्यागेको बताउँदै आएकी छन् । तर, उनीसँगै उतैको नागरिकता भएको अमेरिकाको लस एञ्जलसमा बसोबास बस्ने एक जना नेपालीले जनआस्थालाई बताए । चौधरी पनि लस त्यहीं बस्छिन् ।
उनै नेपालीले भनेका छन्, ‘चौधरीले केन्द्रीय समिति सदस्यमा मनोनयन गरेकी थिइन् । उनले केन्द्रीय सदस्य थारु (महिला) दुई सिटको लागि भएको प्रतिस्पर्धामा उम्मेदवारी दिएकी हुन् ।’
चौधरीका श्रीमान् कल्याणले भने हालसम्म अमेरिकी नागरिकता र ग्रिन कार्ड नलिएको बताइन्छ । उनी केही समय अझै कांग्रेसको राजनीतिमा सक्रिय हुने र आगामी दिनमा मन्त्री बन्ने इच्छा राखेकाले त्यसो गरिएको उनै चौधरीले साथीभाइहरूसँगको भेटघाटमा बताएकी हुन् । गुरुङले आगामी दिनमा राजकीय पदको अवसर पाएपछि मात्र अमेरिका भासिने योजना बनाएको उनलाई चिन्नेहरूको भनाइ छ ।
चौधरी कैलाली २ बाट २९२ मोट ल्याई महाधिवेशनमा सहभागी हुँदाका धेरै वटा फोटा सामाजिक सञ्जालमा पोष्ट गरेको देखिन्छ । उनले अमेरिकी नागरिकता लिएको प्रमाण फागुन १८ गते लस एञ्जलस फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको डेस्कमा पेश गरेको अमेरिकी राहदानी हो ।
टिप्पणीहरू