धादिङका माओवादी जनप्रतिनिधिले एमालेको खादा फालिदिए

धादिङका माओवादी जनप्रतिनिधिले एमालेको खादा फालिदिए

एमाले प्रवेश गरेका भनिएका धादिङको बेनीघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी पुनः माओवादी मै फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर खादा लगाएको २४ घण्टा नबित्दै डल्लाकोटी बालकोटको खादा फालेर पुरानै घर फर्किएका हुन् ।

माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई हिजो ओलीले खादा लगाएर पार्टीमा भित्र्याउनु भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर एमालेमा जाने निर्णय नलिन गरेको आग्रह बेवास्ता गर्दै बालकोट पुगेका उनी आज हेटौंडा पुगेर माओवादीमा फर्किएका हुन् ।माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलको हातबाट अस्तिसम्म आफ्नै पार्टीमा रहेका डल्लाकोटीलाई फेरी पार्टी प्रवेश गराइएको छ ।

टिप्पणीहरू