भारतीय कूटनीतिज्ञहरु एक घण्टाको अन्तरमा काठमाडौं ओर्लिए

भारतीय कूटनीतिज्ञहरु एक घण्टाको अन्तरमा काठमाडौं ओर्लिए

हिजो दिउँसो नेपालका लागि वर्तमान भारतीय राजदूत र एक जना पूर्वराजदूत एक घण्टाको अन्तरमा छुट्टाछुट्टै उडानबाट काठमाडौं आएका छन् ।

पूर्वराजदूत केभी राजन दिउँसो पौने ३ बजे तीन जनाको टोली लिएर एअर इण्डियाको उडानबाट आएका हुन् ।

राजनको भ्रमणबारे सम्बन्धित पक्षले केही नखुलाए पनि उनको टोली नक्साल,नागपोखरीस्थित होटल मेरियटमा बसेको छ ।

यसैबीच अर्को महिनादेखि बिदेश सचिवको कार्यभार सम्हाल्ने हालका राजदूत विनयमोहन क्वात्रा पनि हिजै काठमाडौं फर्किएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणअघि नियमित प्रतिवेदन बुझाउन “र” का नेपाल स्टेशन प्रमुख भट्नागरसङ्गै नयाँ दिल्ली गएको दूतावास स्रोतले बताएको छ ।

क्वात्रा हिजै भिष्टारा एयरको उडानमा दिल्लीबाट पौने ४ बजे काठमाडौं आएका हुन् ।

टिप्पणीहरू