कर्मचारीका अनौठा माग : कार्यालयको हाकिम आफ्नै साथीभाइ हुनुपर्ने

कर्मचारीका अनौठा माग : कार्यालयको हाकिम आफ्नै साथीभाइ हुनुपर्ने

नेपाल टेलिकममा कार्यालयभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । आज टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

टेलिकममा संस्था बुझेको, भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । आफ्नो कार्यालयमा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले त्यस्तो हस्तक्षेपबाट मुक्त गराउन खबरदारी गरिएको जानकारी पनि दिए ।‘नेपाल टेलिकममा वाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ । संस्थाको उन्नती र प्रगतिको लागि एवम् संस्थालाई दीगो जीवन्तता दिन यहाँका सिनियर कर्मचारी नै एमडी हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’

सरकारले रिक्त प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरुले बाहिरका व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् ।

टिप्पणीहरू