बार मतगणना अपडेट : १२ मतदान केन्द्रको मत गन्न बाँकी

बार मतगणना अपडेट : १२ मतदान केन्द्रको मत गन्न बाँकी

नेपाल बार एसोसिएसनको गत शनिबार भएको मतदानको मतगणनामध्ये हालसम्म २३ वटा मतदान केन्द्रको मत गणना भइसकेको छ । ३५ मतदान केन्द्रमध्ये अब १२ वटा मतदान केन्द्रको मत गन्न बाँकी रहेको बताइएको छ ।

राति १० बजे उपलब्ध गराइएको विवरणअनुसार हालसम्म गणना भएका मतमध्ये काठमाडौं केन्द्रका सर्वोच्च अदालत बार र ललितपुर जिल्ला अदालत बार केन्द्रका तीन सय ७३ मत गणना सकिएको छ ।

गणना हुन बाँकीमा ललितपुर जिल्ला अदालत बारको तीन सय ४८ मत छ । त्यसैगरी काठमाडौं जिल्ला अदालत बार, पाटन उच्च अदालत बार, दाङको तुलसीपुर र घोराही, नेपालगञ्ज, कपिलवस्तु, बुटवल, नवलपरासी, पोखरा, बाग्लुङ, मोरङ, उच्चअदालत बार बिराटनगरको मत पनि गणना हुन बाँकी रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू