पल शाहको इन्कारी वयान र ललितपुरको त्यो आदेश

पल शाहको इन्कारी वयान र ललितपुरको त्यो आदेश

अभिनेता पल शाहविरुद्ध पूर्वी नवलपरासी अर्थात नवलपुरको गैँडाकोट इप्रका हुँदै जिल्ला प्रहरी कार्यालयमा परेको नाबालिका बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई कावासोतीमा भैवरी उनलाई यताबाट पनि पुर्पक्षका निम्ति थुनामा राख्ने आदेश भएको छ । उनले प्रहरी बयानदेखि नै बलात्कार गरेको भन्ने आरोप इन्कार गर्दै आएका छन् ।

आफूमाथि लागेको बलात्कारसम्बन्धी कैफियत,कसुरलाई उनले हैन भन्दै आएका हुन् । हिजोको बहसमा पनि उनका १२ जना कानुन व्यवसायीले त्यही ढंगको जिकीर लिएका थिए ।

उनले नवलपुर प्रहरी र अदालतमा शुरुदेखि नै बलात्कार आरोप इन्कार गरेका हुन् । उनले ‘सुटिंगको क्रममा ती किशोरीसँगै गएको तर सेक्स कहिल्यै नगरेको,’ बताएका छन् ।

तर त्यो बेलाकी नाबालिका र अहिलेकी युवतीले भने उजुरीमा आफूलाई विवाह र प्रेम गर्छु भन्ने नाटक गर्दै पटक पटक सम्बन्ध राखेको उल्लेख छ । किशोरीको उक्त आरोपमा शाहले ‘गैंडाकोटलगायतका ठाउँमा भएको सुटिङ क्रममा राति ११ बजे केटीहरुले नजिकैको कोठामा धेरै हल्ला गरेकाले आफू त्यहाँ गएर नकराइकन सुत’ भनी सम्झाएर फर्केको जिकीर लिएका छन् ।

“ललितपुरमा दर्ता भएको उक्त मुद्दामा न्यायाधीशले बलात्कार नै भएको भए किन हारगुहार मागिएन र तत्काल केही नगरी १२ दिनपछि मात्र किन उजुरी हालियो ? भनेर नाबालिकाका अभिभावक र कानुन व्यवसायीसँग धेरै वटा प्रश्न राखेको र ती प्रश्नको चित्तबुझ्दो जवाफ नपाएपछि अभियुक्तलाई निर्दोष ठहर्याएर सफाइ दिइएको छ ।”

पल शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार भएको भनिएको झण्डै एक वर्षपछि मात्र दुई वटाबजाहेरी दर्ता भएको छ । तर,ललितपुरमा हालै भएको यस्तै एउटा घटनामा नाबालिकालाई हजुरबा समानका पुरुषले बलात्कार गर्दाको फैसलाले भने बेग्लै नजिर कायम गर्ने देखिन्छ ।

ललितपुरमा दर्ता भएको उक्त मुद्दामा न्यायाधीशले बलात्कार नै भएको भए किन हारगुहार मागिएन र तत्काल केही नगरी १२ दिनपछि मात्र किन उजुरी हालियो ? भनेर नाबालिकाका अभिभावक र कानुन व्यवसायीसँग धेरै वटा प्रश्न राखेको र ती प्रश्नको चित्तबुझ्दो जवाफ नपाएपछि अभियुक्तलाई निर्दोष ठहर्याएर सफाइ दिइएको छ ।

शाहविरुद्धको मुद्दाउपर हिजो नवलपुर जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासमा बहस भएको हो । अधिकारी न्यायाधीश यसअघि लमजुङमा थिए । उनी तनहुँका वासिन्दा हुन् । हिजोको बहसमा न्यायाधीश अधिकारीले खासै प्रश्न र जिज्ञासा नराखेको शाहका कानुन व्यवसायीहरुले बताएका छन् ।

टिप्पणीहरू