बन्दीलाई पेशाअनुसार कानून मन्त्रीको जिम्मेवारी प्राप्त

बन्दीलाई पेशाअनुसार कानून मन्त्रीको जिम्मेवारी प्राप्त

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दीलाई कानुन,न्याय तथा सँसदीय ब्यवस्थामन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नुभएको हो । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको छ ।

हालका कानुनमन्त्री दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सारेर त्यहाँ बन्दीलाई जिम्मा दिन लागिएको हो । यसअघि कानुन मन्त्रालय सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रलाई दिने सहमति भएको भनिएको थियो ।तर, दुई पटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुलाई कानुनी लडाइँमा महत्वपूर्ण सहयोग गरेका बन्दीलाई मन्त्री बनाउन गठबन्धनबाट सहमति लिएरै प्रधानमन्त्रीले आज सिफारिस गर्नुभएको बताइएको छ ।

मन्त्री नियुक्त बन्दी गैरसांसद हुन् । संविधानले ६ महिनाभित्र संघीय सांसदको सदस्य हुने गरी गैरसांसदलाई पनि मन्त्री हुन बाटो दिएको छ ।

टिप्पणीहरू