मृत शरीरलाई सिङ्गार्ने सुन्दरी

मृत शरीरलाई सिङ्गार्ने सुन्दरी

दोङ झे,२५ बर्षकी भइन्, ब्युटीसियन हुन् । चीनको राजधानी बेइजिङको पापाओशान फ्युनरल होममा सौन्दर्यकर्मीको काम गर्छिन् तर अरु र उनको ब्यवसायमा फरक छ । उनी संसारबाट बिदा भैसकेका व्यक्तिको शृंगार गर्छिन् अर्थात उनकै शब्दमा भन्ने हो भने उनेर “मानिसहरुलाई सभ्य रुपमा यस संसारबाट बिदा गर्छिन्”।

हो,उनी मृत शरीरको शृंगार गर्छिन् ।

सबैभन्दा पहिले मृत शरीरको सरसफाई अनि शृंगार । यो नै उनको दैनिकी हो तर दोङ अहिले आफ्ना बिशेष ग्राहकहरुको लागि 3D प्रिन्टिङसहित अत्याधुनिक प्रविधिहरूको प्रयोगसमेत गर्छिन् र अन्तमा सबै काम सावधानीपूर्वक सकेपछि मृत आत्माको शान्तिको लागि श्रध्दाञ्जली अर्पण गर्छिन् । त्यसपछि बल्ल अन्त्येष्टि समारोहको लागि परिवारजनलाई बोलाउँछिन् ।

“यो प्रक्रियामा सबैभन्दा ठूलो चुनौती भनेकै मृतकको परिवारका सदस्यहरुसंग कुराकानी गर्नु हो”-उनी भन्छिन्-किनकि मृतकका परिवारजन शोकमा हुन्छन्,कोहि रोइरहेका,कोहि होस् हवासमामै नभएका । “तर पनि हामी उनीहरुका दिवंगत आफन्तको शरीर उत्कृष्ट अवस्थामा प्रस्तुत गर्ने लक्ष्यमा हुन्छौँ ताकि शोकविव्हल परिवारले केहि सान्त्वना पाउन् !”

दोङले कलेज भर्नाको लागि आवेदन दिएको समयदेखि नै केहि नयाँ तर असाधारण किसिमको काम गर्ने मन बनाइन्,जब “आधुनिक अन्त्येष्टि प्रविधि र व्यवस्थापन” मूल बिषयमा आवेदन दिइन्,सबैजना बिरुध्दमा भए तर उनी दृढ थिइन् र क्रमश: व्यावसायिक सीपहरुको विभिन्न तालिम र अध्ययनपश्चात अन्तत: आफैले रोजेको काममा सफलता हासिल गर्न सफल भइन् ।

उनी थप्छिन्,”जब दिवंगतका आफन्तले आफूले गरेको कामको लागि कृतज्ञता प्रकट गर्छन् तब मैले आफ्नो काम सार्थक भएको महसुस गर्छु”।,”करिब ४ बर्ष भयो यो काम शुरु गरेको र अहिले लाग्छ मैले जीवनको सार चिन्न थालेँ । अहिले आमा,बुवा पनि उनको कामप्रति गर्व गर्छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू