भोलिदेखि बिलासी सामानमा कोटा तोकिने सम्भावना
विलासिता र अनुत्पादक सामग्रीको आयात चुलिँदै गएकाले त्यसमा कडाइ गर्न अर्थमन्त्रालय र वाणिज्य मन्त्रालयका अधिकारीहरु हिजो साँझदेखि छलफलमा जुटेका छन् ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएको,विप्रेषण आप्रवाह कम भएको र शोधनान्तर घाटा बढेकाले उक्त छलफल भएको स्रोतको दाबी छ ।
वाणिज्य मन्त्रालयले आयात गरिने त्यस्ता वस्तुमा कोटा लगाउने सम्बन्धमा छलफल गरेको छ । सम्भवतः भोलिसम्म विदेशबाट ठूलो परिमाण र महँगो मूल्यमा आयात गरिँदै आएको त्यस्ता वस्तुमा कोटा लगाइएको सूचना जारी हुने स्रोतको दाबी छ ।
टिप्पणीहरू