उता पनि नेपालकै नियति,आगमन त्यसरी-बिदाइ यसरी
पाकिस्तानमा पनि नेपालमा झैँ सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री र रास्ट्रपतिको निर्णय उल्टाएको छ । प्रधानमन्त्री इमरान खानले गत साता गर्नुभएको संसद विघटन र ९० दिनभित्र आमनिर्वाचनको सिफारिसलाई त्यहाँको सर्वोच्च अदालतका पाँच जना न्यायाधीशले हिजो राती अबेर उल्टाएका हुन् । अदालतको आदेशले २ दिनको मिति नै तोकेर फेरि सँसदको बैठक बोलाई अविश्वासको प्रस्तावमाथि छलफलमार्फत नयाँ सरकार गठनको बाटोमा लगेको छ । अब त्यहाँ बिपक्षी गठबन्धनको सरकार बन्न खासै अवरोध छैन । लोकप्रिय मतका आधार यहाँ झैं ठ्याक्कै साढे तीन बर्ष सरकार चलाएका इमरान खानलाई अन्तिममा उनकै पार्टीका साँसदहरुले कित्ता फेरेर अप्ठ्यारोमा पारिदिएका थिए । नेपालमा झैं त्यहाँ पनि सत्ता छाड्नेले सोको दोष बिदेशीहरुलाई लगाउने प्रचलन छ ।
यसैबीच पाकिस्तानमा त्यहाँको रुपैयाँ हिजो हालसम्मकै कमजोर बनेको छ । अस्थिर राजनीति र बिग्रँदो अर्थतन्त्रका कारण पाकिस्तानी रुपैयाँ हालसम्मकै न्यून विन्दुमा पुगेर अवमूल्यन भएको छ । यसले त्यहाँ महँगी बढ्ने मात्र नभई शासन सत्ता नै अस्थिर हुने खतरा बढाएको छ ।
टिप्पणीहरू