राप्रपा छिर्नबाट किन रोकिए रविन्द्र ?

राप्रपा छिर्नबाट किन रोकिए रविन्द्र ?

उसो त पार्टीपिच्छेकै समस्या हो, जुँगाको लडाइँ । ठूला पार्टीमा त त्यस्तो देखिने नै भयो, साना पार्टी पनि त्यही रोगले ग्रस्त रहेछन् !

रवीन्द्र मिश्र राप्रपासँग मिल्न तम्तयार भएर वार्तामा गए । तर, पार्टीकै वरिष्ठ नेताहरुले ‘आउला, खाला र सिध्याउला’ भनेझैँ वार्ता भाँडेरै छाडिदिए । मिश्र नेतृत्वको साझा पार्टीसँग एकताका लागि राप्रपाले दिलविकास राजभण्डारी, धवलसमशेर राणा र ऋषिबाबु परियारसहितको टोली बनायो ।

रवीन्द्रको माग थियो, चुनाव चिह्न हलो भए झण्डामा तराजु हुनुपर्छ वा झण्डामा हलो भए चुनाव चिह्न तराजु हुनुपर्छ । अनि, पार्टीको नामभित्र त ‘साझा’ भन्ने शव्द हुनैपर्छ । वार्ता टोलीले निरुपण गर्न नसकेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डेहरुलाई सल्लाह गर्न तोके ।

तर, बुद्धिमान र विक्रममा नवप्रवेशीलाई प्रथम उपाध्यक्ष कसरी मान्ने भन्ने समस्या आएको बताइन्छ । आफूभन्दा माथि रवीन्द्रलाई राख्नुपर्ने भएपछि उनीहरुले एकता अस्वीकार गरेका हुन् । यदि साझासँग राप्रपा मिलेको भए काठमाडौंमा मेयर जित्न सकिने अनुमान उक्त पार्टीका नेताहरुले लगाएका छन् । तर यो कल्पनामात्रै भएको अर्काथरि बताउँछन् । ०७४ मा मिलेर लड्दा काठमाडौंबाट एमालेले मेयर जितेर पनि उपमेयरमा राप्रपा पराजित भएको उदाहरण छ ।

केपीको कुरा

आसन्न निर्वाचनहरुमा तालमेल गरेर जानका लागि केपी ओलीले राप्रपा महामन्त्री तथा नेपालगञ्जका पूर्व राजा ज्ञानेन्द्र निकट मेयर धवलसमशेर राणासँग गरेको कुराकानीमा कुनै सहमति भएको छैन ।

ओलीले झापादेखि नेपालगञ्जसम्मै राप्रपालाई जिताइदिने बचन दिँदा धवलले अध्यक्ष लिङ्देनसँग सल्लाह गर्नुपर्ने बताए । खासमा केपीले कमल थापा भन्दा राप्रपामा लिङ्देनहरु बलियो भएको बुझ्नु भएको छ । धवलले पनि केपीलाई कमल थापासँग मिल्नबाट रोक्न सकिन्छ कि भन्ने लागेर भेट गरेको नेताहरुलाई सुनाएका छन् ।

टिप्पणीहरू