बारको चुनावमा सत्ता गठबन्धनको ‘क्लिनस्विप’,एमाले सबै बाहिर
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको वाम– लोकतान्त्रिक गठबन्धनले प्यानलै जितेको छ ।
गठबन्धनले एमाले निकट कानुन व्यवसायीहरुको संगठन पिपिएलएका उम्मेदवारलाई भारि मतान्तरले हराउँदै सिङ्गै कार्यसमितिमा कब्जा जमाएको हो ।
अध्यक्षमा अन्तर १९९० को छ भने महासचिवमा ७ सय फरक परेको छ । यी दुई पदमा विजयी उम्मेदवारले २४८२ बिरुध्द ४४७४ र २७८९ बिरुध्द ३६८२ मत ल्याएका छन् ।
सुरुआतदेखि नै अग्रता बनाएका गठबन्धनका उम्मेदवारहरुले मतान्तर थप फराकिलो बनाएसँगै यसअघि नै उनीहरुको जित निश्चित बनेको थियो ।
अध्यक्षमा अन्तर १९९० को छ भने महासचिवमा ७ सय फरक परेको छ । यी दुई पदमा विजयी उम्मेदवारले २४८२ बिरुध्द ४४७४ र २७८९ बिरुध्द ३६८२ मत ल्याएका छन् ।
बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका काठमाडौं केन्द्रमा ल्याएर सोमबार बिहानदेखि गणना शुरु भएको थियो ।
११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात हजार आठ वकिल मतदान प्रक्रियामा सहभागी भएका थिए ।
तालमेल गरेर चुनावमा गएको गठबन्धनबाट अध्यक्षमा कांग्रेस निकट डिएलएका गोपालकृष्ण घिमिरेले उम्मेदवारी दिएका थिए । महासचिवमा माओवादी केन्द्र सम्वद्ध आरपिपिएलएका अञ्जिता खनालको उम्मेदवारी थियो ।



टिप्पणीहरू