सुनसरी गोली प्रकरण, सशस्त्र प्रहरी पक्राउ

सुनसरी गोली प्रकरण, सशस्त्र प्रहरी पक्राउ

सशस्त्रको गोली लागेर सुनसरीका स्थानीय मारिएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका एक कर्मचारी पक्राउ परेका हुन् ।  

गएराती सवा १ बजेतिर भारतबाट खाद्यन्न सामाग्री लिएर फर्किदै गरेका ४५ वर्षीय विजय साहमाथि सुनसरीको कोशी गाउँपालिकामा गस्तीमा रहेको सशस्त्रको टोलीले गोली प्रहार गरेको थियो । गोली लागेका उनको घटनास्थलमै मृत्यु भएपछि दोषीलाई कारवाही गर्न माग गर्दै स्थानीय  आन्दोलनमा उत्रिएका छन् ।  

साहको योजनावद्ध हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेपछि गोली चलाउने सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयले अहिले पनि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

भीड नियन्त्रणमा लिन नेपाल प्रहरीले अश्रुग्याससमेत हानेको छ । परिस्थितिलाई थप उग्र हुन नदिन गोली चलाउने सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले खुलायो । तर, पक्राउ परेका प्रहरीको नाम भने खुलाइएको छैन ।

टिप्पणीहरू