छलफल लम्ब्याएको भन्दै सांसदहरुबीच हानाहान

छलफल लम्ब्याएको भन्दै सांसदहरुबीच हानाहान

पाकिस्तानी सांसदहरुबीच आज हात हालाहाल भएको छ । त्यहाँको राष्ट्रिय सभामा आक्रोशित सत्तापक्ष र विपक्षका सांसदहरुबीच झडप भएको हो । विपक्षी सांसदहरुले सत्तारुढ दलका सांसदहरुले अविश्वासको प्रस्तावमाथिको मतदान अगाडिको समय खेर फालेको आरोप लगाएपछि झडप भएको बताइएको छ ।

उनीहरूले मतदानको परिणाम आफ्नो पक्षमा नआउने भएपछि जानाजान र विभिन्न बहानामा प्रस्तावमाथिको छलफल र मतदानलाई लम्ब्याएको आरोप लगाएका हुन् । आज अपरान्ह हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदान अहिलेसम्म हुने छाँट देखिएको छैन ।

मुसलमानहरुको पवित्र महिना रमजानको आजको ब्रत सकिएपछि साँझ पुनः संसद बैठकमा उपस्थित हुन भनिएको छ । अहिले बैठक बोलाइएको मध्यरातसम्म अविश्वासउपर छलफल हुने जानकारी दिइएको छ । तर, आजको संसद बैठकको एजेण्डामा उक्त प्रस्तावमाथिको मतदान छैन ।

टिप्पणीहरू