एउटै जहाजबाट काठमाडौं ओर्लिए विभिन्न देशका दूतहरु

एउटै जहाजबाट काठमाडौं ओर्लिए विभिन्न देशका दूतहरु

हिजो नयाँ दिल्लीबाट विभिन्न देशका आवासीय दूतहरु इण्डिगो एअरको उडानमा काठमाडौं आएका छन् । नयाँ दिल्लीस्थित सम्बन्धित देशको राजदूतावास सम्हालेर बसेका उनीहरु हिजो साढे १२ बजे इण्डिगोको उडान नम्बर ६इ०३१ मा आएका हुन् ।

नेपालका लागि अर्जेन्टिनाका गैरआवासीय राजदूत ह्युगो हाभियर गोबी, क्यानाडाका क्यामरुन डिन म्याके र डोमिनिकन रिपब्लिकका डेभिड इमानुएल पुइग बुचेल काठमाडौं आएका हुन् । उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न यता आएको बुझिएको छ ।

हिजै नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइज हमदान अल नाक्बी फ्लाई दुबईको उडानबाट दिउँसो साढे २ बजे काठमाडौं ओर्लेका छन् ।

टिप्पणीहरू