एमालेका अर्थमन्त्रीहरुले जनार्दन शर्माका कमजोरी केलाउने

एमालेका अर्थमन्त्रीहरुले जनार्दन शर्माका कमजोरी केलाउने

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्था राम्रो रहेको बताए पनि एमालेका पूर्व अर्थमन्त्रीहरुले आज तथ्याङ्कसहित मुलुकको आर्थिक र वित्तीय अवस्था डाँवाडोलतर्फ उन्मुख रहेको जानकारी दिने भएका छन् ।

उनीहरुले मध्यान्ह साढे १२ बजे होटल हिमालय, कुपण्डोलबाट आफ्नो पार्टीको धारणा राख्दै मन्त्री शर्माले राजीनामा दिनुपर्ने बताउन लागेका हुन् । पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे,युवराज खतिवडा र विष्णु पौडेलले अर्थमन्त्रीले अपनाएका विभिन्न हतकण्डाको समेत भण्डाफोर गर्ने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आफ्नो कमजोरी ढाकछोप गरेका शर्माको नियत र क्रियाकलापको बारेमा पनि उनीहरुले प्रष्ट पार्न लागेका हुन् । एमालेले मन्त्री शर्मा र वर्तमान सरकारले आफ्नो बदनियतपूर्ण कार्य लुकाउन गभर्नर अधिकारीलाई बलिको बोको बनाएको प्रतिक्रिया दिइसकेको छ ।

टिप्पणीहरू