निर्वाचन तयारी समितिको बैठक बालुवाटारमा

निर्वाचन तयारी समितिको बैठक बालुवाटारमा

सत्तारुढ पाँच दलीय गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बोलाएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’, जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण लगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि चैत २३ गतेको बैठकले शनिबारसम्ममा जिल्ला र स्थानीय तहमा दलगत स्थितिबारे रिपोर्ट बुझाउन गठबन्धनको जिल्ला संयन्त्रहरुलाई निर्देशन दिएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा गठबन्धनमा आवद्ध पाँच दलका दुई-दुई जना प्रतिनिधि छन् । समितिले दलहरुको देशभरको अवस्थाको मूल्यांकन गरि गठबन्धनका शीर्ष नेतालाई सिट तालमेलको मोडालिट पेश गर्ने कार्यादेश पाएको छ।

टिप्पणीहरू