सेनाको ब्यारेक नजिकै बम बिस्फोट, एक जना घाइते
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् । बनेपा नगरपालिका–२, घमिरे गाउँस्थित सेनाको ब्यारेक नजिकै बम बिस्फोट भएको हो ।
बिस्फोटबाट स्थानीय मोहन बिक गम्भिर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पनि बम बिस्फोटको पुष्टि गरेको छ । तर,घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।
अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले जानकारी दिए । बम बिस्फोट भएको स्थान नेपाली सेनाको फायरिङ रेञ्ज नजिकै पर्छ ।
टिप्पणीहरू