भारतले युक्रेन–रुसको द्वन्द्वबाट पाठ सिक्दै
भारतीय सेनाले युक्रेन–रुस द्वन्द्वबाट सिकेको पाठ आफ्नो आगामी मुख्य युद्ध लड्ने हतियार (ट्याङ्क)को डिजाइनमा लागु गर्ने भएको छ ।
युक्रेनको एन्टी–ट्याङ्क मिसाइलले रुसी हतियारविरुद्ध महत्वपूर्ण सफलता हासिल गरेको बेला भारतीय सेनाले उक्त कुरा बताएको हो ।
युक्रेनीहरूले रूसी सशस्त्र सवारी साधनको कमजोरीलाई लक्षित गर्दै एन्टी–ट्याङ्क निर्देशित मिसाइल प्रयोग गरेको र अहिलेसम्म महत्वपूर्ण सफलता हासिल गरेको बताइएको छ ।
भारतले त्यहि सफलतालाई निस्प्रभावी बनाउन आफ्ना युद्ध ट्याङ्कहरुको संरचनामा परिमार्जन गर्न लागेको हो ।
टिप्पणीहरू