बिस्का जात्रामा २० जना घाइते

बिस्का जात्रामा २० जना घाइते

भक्तपुरको बिस्का जात्रामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । हिजो राति भैरवनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा स्थानीय जात्रालु घाइते भएका हुन् ।

जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढासमेत भएको थियो । ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार गराइएको बताइएको छ । ६ जना टाँंका लगाउनुपर्ने बिरामी थिए भने एक जनाको हड्डी नै भाँचिएको छ ।

जात्राको क्रममा सयौँ युवाहरुले डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछन् । यो क्रममा राति झै-झगडा हुने गर्दछ । भक्तपुरको बिस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

टिप्पणीहरू