संक्रमितभन्दा निको हुने दोब्बर

संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर २२ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार एक सय ४४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै पाँच सय ६८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा १६ जनामा संक्रमण देखिएको छ । ललितपुरमा दुई जना भेटिएका छन् । भक्तपुरमा भने कसैमा पनि संक्रमण देखिएको छैन । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९५ रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा ८० जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू